Main News

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १ गते १८:१९
प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट हुने (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्ड हुने भएको छ ।

सरकारले स्कटल्यान्डको ग्लास्गोमा हुने जयवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेसँगै उहाँको पहिलो विदेश भ्रमण स्कटल्यान्ड हुन लागेको हो ।

आज बसको मन्त्रिपरिषदको बैठकले नोभेम्बर १ र २ तारिखमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवाको नेतृत्वमा प्रतिनिधि मण्डल पठाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।

यस्तै आबुधाबी डाइलगको छैटौं मन्त्रीस्तररीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *