Main News

भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ८ जना घाइते

हिमालय टिभी
२०७८ असोज ३१ गते ९:०९
भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ८ जना घाइते

३१ असोज २०७८ मकवानपुर । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगन्ज जाँदै गरेको ना १ ज ४५११ नम्बरको टाटा सुमो ईन्द्रसरोवर गाउँपालिका २ लामाबगरमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रहरी जवान संजिव दासका अनुसार दुर्घटनामा घाइते भएका काठमाडौं महानगरपालिका १६ का ६२ वर्षका विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया नगरपालिका ७ गोविन्दपुरका रामसहानी रामको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ४ जनाको स्टार अस्पताल सानेपा र अरु ४ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *