Main News

दशैंको टीका लगाउने क्रम जारी, गाउँ गएका फर्कन थाले, यात्रामा यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३० गते २१:१५
दशैंको टीका लगाउने क्रम जारी, गाउँ गएका फर्कन थाले, यात्रामा यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

३० असोज २०७८ काठमाडौं । विजया दशमीको दोस्रो दिन आज, उपत्यकाका सडकमा सार्वजनिक सवारी साधनमा नपाएर टीका लगाउन निस्केका सर्वसाधारणले निक्कै सास्ती खेप्नुपर्यो । दशैंको मुखैमा भाडा बढाएर सर्वसाधारणलाई सास्ती दिएका सरकार र यातायात व्यावसायीको मनोमानीका कारण लामो दूरीको यात्रामा रहेका सर्वसाधारणले पनि दुःख खेप्न बाध्य भए ।

सरकार र यातायात व्यावसायीले मिलेमतोमा दशैंको मुखैमा यातायातको भाडा बढाएर आम सर्वसाधारणलाई दिएको सास्ती विजया दशमीपछि पनि जारी रह्यो । बढेको भाडा र पर्याप्त सवारी साधनको कमीका बीच कोचिएर र छतमा बसेर असुरक्षितरुपमा उपत्यका छाडेकाले फर्कदा पनि उस्तै सास्ती खेप्नुपरेको छ ।

राजधानी बाहिरबाट आउनेले मात्र होइन विजयादशमीको दोस्रो दिन आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिन जानेले पनि उस्तै कष्ट बेर्होनुपरेको छ। दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधारणको संख्या सडकमा बाक्लो देखिए पनि सार्वजनिक सवारीको संख्या निक्कै भएपछि उनीहरुले दिउँसो चर्को घाममा हिँडेरै यात्रा समेत गरे ।

उता मौकामा चौका हान्न पल्किएका कतिपय ट्याक्सी तथा अन्य सवारी साधनले भने तावाबाट उमेरको माछालाई भुँग्रोमा सेकिछाडे । मिटरमा हिड्न नमान्ने र यात्रुको बाध्यतामा व्यापार गर्ने रित उनीहरुले फेरि दोहोर्याए ।

सरकार तथा यातायात व्याबसायीले चाडका बेला सवारी साधनको कमी हुन नदिने भनेर गरेको बाचा पनि सरकारी नै सावित भयो । त्यसैले पनि सडकमा उभिएका सर्वसाधारण आक्रोशित देखिन्थे ।

आइतबारदेखि सरकारी कार्यालय खुल्ने भएकाले कर्मचारीहरु काठमाडौं फर्किन आँतुर देखिए । ठूला र पहुँचवालाले सरकारी नम्बरप्लेटमै परिवार र आफन्तसमेत हर्रर बनाउँदा साना कर्मचारीको दुदर्शा पनि सर्वसाधारको भन्दा फरक देखिएन ।

पूर्णिमादेखि मात्र धेरै विद्यालय र क्याम्पस खुल्ने भएकाले विद्यार्थीलाई भने घर छोड्न त्यति हतारो देखिएको छैन । तर आमाबाबुसँगै आउनुपर्ने केटाकेटी र काम गर्दै पढाइ जारी राख्नेहरुको दशा भने हतारमै उपत्यका फर्कनुपर्ने देखियो ।

यो दशैंमा उपत्यकाबाट झण्डै १० लाख यात्रुले काठमाडौं छोडेको प्रहरीको तथ्यांक छ । कोरोना कहर बाँकी नै रहेकाले विगत वर्षमा जति धेरै मानिस घर नफर्किए पनि गत वर्षभन्दा यो वर्ष उपत्यकाबाट बाहिरिने र भित्रिने क्रम बढी देखिएको हो ।

उता गत वर्ष जस्तै यो वर्ष पनि चाडका बेला सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या उल्लेख्य रह्यो । अनियन्त्रित गति, बिग्रेका सडक र असिमित यात्रु बोक्ने र अनुगमनसमेत नगर्ने कारण धेरै दुर्घटना भएका हुन् । मुगु, पाल्पा, कास्कीमा दशैको मूखैमा ठूला दुर्घटना भए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *