Main News

भोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ असोज ३० गते ९:१७
भोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना

३० असोज २०७८ काठमाडौं । भोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावले भोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले आज पहाडी भेगका एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । आजको भन्दा भोलिदेखि मौसम खराब हुँदै जाने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलिदेखि तीन चार दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू्भागहरूमा हिमपातको सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो । पानीसँगै हिमपात पनि हुने भएकाले यात्रा र खेती गर्दा विशेष ख्याल गर्न मौसमविद् कँडेलको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *