Main News

टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइँदै

हिमालय टिभी
२०७८ असोज ३० गते ९:०३
टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइँदै

३० असोज २०७८ काठमाडौं । दसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ ।

हिजो विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद लिने गर्छन् ।यो क्रम पूर्णिमाको दिनसम्म नै चलिरहन्छ ।

हिजो आफ्नै घरमा टीका लगाएकाहरू आजदेखि टाढाका आफन्तकोमा टीका थाप्न जाने चलन छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास छ ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैँलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वास बढाउने पर्वका रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *