Main News

प्रविधिको निशानामा चाडपर्व, युवा पुस्ताको काँधमा जोगाउने जिम्मेवारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २९ गते २०:१४
प्रविधिको निशानामा चाडपर्व, युवा पुस्ताको काँधमा जोगाउने जिम्मेवारी (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ काठमाडौं । समयसँगै चाडपर्व मनाउने तौरतरिका परिवर्तन हुँदै गएको छ । यो परिवर्तनलाई आत्मसाथ गर्दैगर्दा युवापुस्तालाई आफ्नो परम्परा जोगाउने जिम्मेवारी छ ।

दशैं टीका र आशिर्वादसँगै पारिवारिक जमघटको अवसर हो । यो समयमा वर्षौदेखि नभेटेका आफन्तलाई भेट्ने, खानपान गर्ने परम्परा सदियौंदेखि चल्दै आएको छ । तर पछिल्लो पुस्ताले भने यो कुरालाई बिर्सिदै गएको अघिल्लो पुस्ताको अनुभूति छ ।

अहिलेको पुस्ताले दशैंलाई केही फरक तरिकाले मनाउने गरेका छन् । फरक तरिकाले मनाउँदै गर्दा चाडपर्वहरु केही भड्किलो पनि देखिन्छन् । परम्परालाई जोगाउने जिम्मेवारी भएकाहरुले नै चाडपर्वलाई भड्किलो मनाउँदा अघिल्लो पुस्तालाई चिन्ता लाग्ने गरेको छ ।

परम्परागत रुपमा हिन्दूधर्मावलम्बीहरुले मनाउँदै आएको दशैंका विशेषता धेरै छन् । यो विशेषतालाई कायम राख्दै, विकृतिरहित दशैं मनाउनु अहिलेको पुस्ताको जिम्मेवारी हो ।

दशैंमा घरपरिवारलाई भेट्न टाढा नजिकबाट आफ्नो घर पुग्छौं । तर मोबाइल, ल्यापटप जस्ता नयाँ प्रविधिमा व्यस्त हुँदा,वर्षौ पछिको भेटमा पनि परिवारलाई समय दिन सक्दैनौं । त्यसैले यो भेटलाई परिवारसँगै समय विताएर, जीवनको सुन्दर क्षण बनाउनु पर्ने सुझाव समाजशास्त्रीहरुको छ ।

हाम्रो परम्परा, हाम्रो संस्कृति विशेष छन् । परिवर्तनका नाममा हाम्रो मान्यजन र परिवारको आस्था माथी चोट पुग्न नदिनु अबका पुस्ताको दायित्व हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *