Main News

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, २७२ जना संक्रमित थपिँदा ७७७ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ असोज २९ गते १७:०४
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, २७२ जना संक्रमित थपिँदा ७७७ संक्रमणमुक्त

२९ असोज २०७८ काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गएको देखिएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७२ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ९२ जनाको पीसीआरमा २ सय ४० र २ हजार ६ सय २० जनाको एन्टीजेन परीक्षणमा ३२ जनामा संक्रमण देखिएको हो ।

यो कूल परीक्षणको ५ दशमलब ७७ प्रतिशत हो । थपिएका संक्रमितमा पनि काठमाडौं उपत्यकाका सबैभन्दा धेरै छन् । जसमध्ये काठमाडौं उपत्यकाका ८९, ललितपुरका १८ र भक्तपुरका ११ जना छन् ।

यस्तै थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ७२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १३ हजार ३ सय ८ मा झरेको छ ।

जसमध्ये ३ सय ७ जना आईसीयू र एक सय १ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *