Main News

दसैँ घर र पूजा कोठामा देवी बिसर्जन, टीकाको तयारी

हिमालय टिभी
२०७८ असोज २९ गते ९:४७
दसैँ घर र पूजा कोठामा देवी बिसर्जन, टीकाको तयारी

२९ असोज २०७८ काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैंको दसौँ अर्थात् मुख्य दिन आज बिहान ८ : १९ बजे असोज २१ गते घटस्थापना गरी पूजा अराधना शुरु गरिएको नवदुर्गा देवीलाई विधिपूर्वक विसर्जन गरिएको छ ।

देवी बिजर्सजनका लागि बिहान ८ : १९ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

यसै साइतमा हनुमानढोका दरबार दशैँ घरमा देवी बिसर्जन गरिएको छ । यसैगरी घर घरका पूजा कोठा एवं दशैँ घरमा पनि देवी बिसर्जन गरिएको छ ।

विजयादशमीका दिन आज देवी बिसर्जनअघि बिहान शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीसहित जया, विजया, अजिता, अपराजिता गरी १३ देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *