Main News

यसरी लोप हुँदै दशैं–तिहारमा पिङ खेल्ने परम्परा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २८ गते २०:५७
यसरी लोप हुँदै दशैं–तिहारमा पिङ खेल्ने परम्परा (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ धनकुटा । एक समय दशैंमा मान्यजनबाट टीका, जमरा र आशिर्वाद लिइसकेपछि एक पटक धर्ती छाड्नैपर्छ भन्ने मान्यता थियो । त्यही मान्यताको आधारमा खेलिने पिङ्ग दशैंमा नौरथा लागेसँगै लगाइन्थ्यो र तिहारसम्म खेल्ने गरिन्थ्यो । तर अहिले यो प्रचलन नै लोप हुँदै गएको छ ।

नेपालीको महान चाड दशैं र तिहारलाई लक्षित गरी लगाइने पिङ्ग एक दशकअघिसम्म धनकुटामा जताजतै देख्न पाइन्थ्यो । धनकुटाका गाउँगाउँमा लिङ्गे र रोटे पिङ्ग प्रचलनमा थिए । गाउँभरिका मान्छे भेला भएर स्थानीय बाबियो, बाँसबाट लिङ्गे पिङ्ग तयार पारिन्थ्यो ।

त्यस्तै खयर सल्लो लगायतको काठबाट रोटेपिङ्ग तयार हुन्थ्यो । दशैंमा मान्यजनबाट टीका, जमरा र आशिर्वाद लिइसकेपछि एक पटक धर्ती छाड्नैपर्छ भन्ने मान्यताको आधारमा खेलिने पिङ्ग घटस्थापनापछि लगाएर तिहारसम्म खेल्ने गरिन्थ्यो । दशैं–तिहारको मुख्य मनोरन्जनको साधनको रुपमा रहेको पिङ्ग युवा पुस्तामा अन्य मनोरन्जनका साधनको मोहका कारण लोप हुँदै गएको छ ।

अहिले एउटा पिङ्ग भेट्नका लागि धेरै गाउँ चहार्दा मात्र बल्लबल्ल देख्न पाइन्छ । युवा पुस्ता गाउँमा नहुँदा अनि अन्य मनोरन्जनका साधन प्रसस्त भएकाले पिङ्ग लोप हुँदै गएको हो । तर केही ठाउँका स्थानीय भने अहिले पनि पिङ्ग जोगाउन लागिपरेका छन् ।

पिङ्ग दशैंको संस्कृति र मौलिकतासँग जोडिएको छ। अझ पुरानो पुस्तालाई त अहिले पनि पिङ्ग नदेखेसम्म दशैं आएको भाननै हुँदैन। त्यसैले आधुनिकताले ढपक्कै ढाक्न थालेको दशैंमा यस्ता संस्कृति र मौलिकतामा जोगाइराख्न आवश्यक छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *