कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, ४५५ संक्रमित थपिँदा ८०४ संक्रमणमुक्त
२८ असोज २०७८ काठमाडौं । देशभर आज थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।
६ हजार २ सय १४ जनाको परीक्षण हुँदा ४ सय ५५ जनामा कोरोना देखिएको हो । ३ हजार ४ सय १८ जनाको पीसीआर गर्दा ३ सय ९८ र २ हजार ७ सय ९६ जनाको एन्टीजेन परीक्षण गर्दा ५७ जना कोरोना संक्रमित थपिएका हुन् ।
२४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ८ सय ४ रहेको छ । सक्रिय संक्रमितको संख्या १३ हजार ८ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । जसमध्ये ३ सय १० जनाको आइसियु र १ सय ५ भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै, १२ हजार ७ सय ९१ जना होम आइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा र २ सय ३० जना क्वारेन्टिनमा छन् ।
आज थप ४ हजार ७ सय ८४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसँगै कोरोनाको पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६९ हजार १ सय ५९ र पहिलो डोज लगाउनेको संख्या ८३ लाख ८८ हजार ४ सय २ पुगेको छ ।
प्रतिक्रिया