Main News

बालबालिकाको आँखामा आउन सक्ने समस्या समाधान गर्न के गर्ने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २८ गते १६:५९
बालबालिकाको आँखामा आउन सक्ने समस्या समाधान गर्न के गर्ने ? (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ काठमाडौं । नवजात शिशु र बालबालिकाको नियमित आँखा जाँच गर्नू महत्वपूर्ण छ । तर नेपालमा बालबालिकाको आँखा परीक्षणलाई ध्यान नदिँदा बालबालिकाहरु अन्धोपन र न्यूनदृष्टिको समस्याबाट जुधिरहेका छन् । यो समस्या समाधान गर्न के गर्ने ?

आँखाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने भए पनि आँखामा ठूलो समस्या आएपछि मात्रै, चिकित्सककोमा पुग्ने बानी अधिकांशको छ । जस्ले गर्दा दृष्टिविहीन र न्युनदृष्टिको समस्या बढ्दै गएको छ । तर जन्मेदेखि ७ वर्षको उमेरमै आँखाको जाँच गरी समस्या थाहा पाउन सके, आँखामा आउने समस्याहरुबाट बच्न सकिन्छ ।

ठूलो व्यक्तिले जस्तो गरी बालबालिकाहरु आँखाको समस्यालाई खुलेर भन्न सक्दैनन् । जस्ले गर्दा उनीहरुको आँखाको समस्या पहिचान गर्न ढिलो हुन्छ ।

आँखाको समस्या समयमै पहिचान नगरे शिशु तथा बालबालिकाको आँखामा क्यान्सर हुने र ज्यानै जाने जोखिम समेत हुन्छ । त्यसैले अभिभावकले यो कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

बालबालिकाले जन्म अवस्थामा आँखा नदेख्ने भए पनि जन्मपछि भने दृष्टिको विकास हुँदै जान्छ । र ६ देखि ७ वर्षको उमेरभित्रै दृष्टिको पूर्ण विकास भैसक्ने चिकित्सकहरु बताउँछन् ।

जन्मपश्चात हुने आँखाको समस्या उपचार गर्न सक्ने वा नसक्ने दुवै हुन सक्छ । त्यसैले बच्चा जन्मनुअघि नै आमाले खानेकुरामा ध्यान दिन सके बच्चाको दुष्टिमा समस्या नहुने चिकित्सकको सुझाव छ ।

हाल विश्वभर अनुमानित १४ लाख बालबालिका विभिन्न आँखा रोगका कारण अन्धोपनको शिकार बनिरहेका छन् । अन्धोपनमध्ये ७५ प्रतिशत बालबालिकाहरु एसिया र अफ्रिकी मुलुकका रहेको तथ्याकं छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *