Main News

आज प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ असोज २८ गते ९:२८
आज प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

२८ असोज २०७८ काठमाडौं । आज प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रदेश १, २, बागमती र बाँकी प्रदेशको पहाडी भूभागमा घाम लाग्दै बादल लाग्नेछ । अरु भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति पनि प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

प्रदेश १, २, बागमती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा भने आंशिक बदली हुनेछ । अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *