Main News

मुगु बस दुर्घटना छानबिन गर्न समिति गठन, घटनास्थलमै पुगेर अध्ययन गरिने

हिमालय टिभी
२०७८ असोज २७ गते १९:४९
मुगु बस दुर्घटना छानबिन गर्न समिति गठन, घटनास्थलमै पुगेर अध्ययन गरिने

२७ असोज २०७८ काठमाडौं । ३२ जनाको ज्यान जाने गरी भएको मुगु बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र ट्राफिक प्रहरी कार्यालय मुगुका हवल्दार सदस्य छन् । समितिले बस दुर्घटनाको प्रतिवेदन तयार गरेर प्रदेश प्रहरी प्रमुख समक्ष पेश गर्नेछ ।

समितिले घटनास्थलमै पुगेर बस दुर्घटनाको कारणसहितको प्रतिवेदन तयार गर्ने बताइएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा बसको अगाडीको चक्का पञ्चर भएर बस दुर्घटना भएको हो ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१ ६७ नम्बरको बस हिजो छाँयानाथ रारा नगरपालिका ७ पिना झ्यारी खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो भने १२ जनाको उपचार भइरहेको छ। तीन जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *