Main News

मुगुको पिनाटपने गाउँमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु, १७ जना घाइते

हिमालय टिभी
२०७८ असोज २६ गते १५:३८
मुगुको पिनाटपने गाउँमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु, १७ जना घाइते

२६ असोज २०७८ सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका –७ पिना झ्यारी खोलामा यात्रुबस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१ ६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका–७ पिना झ्यारी खोलामा पल्टिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन बाँकी छ । घाइतेहरुको नेपाल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ४५ जना सवार रहेको बस सडकबाट करिब अढाइ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी गणेशबहादुर ऐरले जानकारी दिनुभयो । गमगढीबाट झण्डै दुई घण्टाको दुरीमा दुर्घटना भएको हो ।

दशैं नजिकिदै गर्दा देशका विभिन्न स्थानमा दुर्घटना बढेका छन् । आजै कैलालीको धनगढीबाट बाजुरा जाँदै गरेको यात्रु बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै ना ७ ख १७४ नम्बरको बस दुर्घटना हुँदा १६ जना घाइते भएका हुन् ।

यस्तै, काठमाडौंबाट दोलखाको चरिकोटका लागि छुटेको बस लामोसाँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भए । गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पनि जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसअघि हिजो पनि कास्कीको घान्द्रुङमा जीप दुर्घटना हुदा ८ जनाको मृत्यु भयो । क्षमताभन्दा बढी यात्रु, चालकको थकान, पूराना सवारी साधन र कमजोर सडक पूर्वाधार लगायत कारण दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *