Main News

पछिल्लो २४ घण्टामा ८२ हजार बढीले उपत्यका छाडे

हिमालय टिभी
२०७८ असोज २६ गते ९:५८
पछिल्लो २४ घण्टामा ८२ हजार बढीले उपत्यका छाडे

२६ असोज २०७८ काठमाडौं । दशैंका लागि गृह जिल्ला जानेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनाको अघिल्लो दिनदेखि दशैँं मनाउन घर जाने क्रम चलिरहेको छ ।

गत २४ घण्टामा ८२ हजार बढीले काठमाडौँ उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत २४ घण्टामा ८ हजार ५ सय ८४ गाडीमा ८२ हजार ६ सय ३८ जनाले काठमाडौं छाडेका छन् ।

६ हजार २७ हजार ३ सय ५५ जना भने काठमाडौँ आएका छन् । घर फर्कनेको सङ्ख्या बढेसँगै गाउँ भरिन थालेको छ । काठमाडौँ उपत्यका भने रित्तिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *