Main News

गाउँघरमा कोरोनाको जोखिम धेरै, सावधानी अपनाउन विज्ञको अनुरोध

हिमालय टिभी
२०७८ असोज २६ गते ९:४७
गाउँघरमा कोरोनाको जोखिम धेरै, सावधानी अपनाउन विज्ञको अनुरोध

२६ असोज २०७८ काठमाडौं । चाडबाका बेला मानिसहरू सहरबाट घर जाने क्रम बढेपछि कोरोनाको जोखिम बढ्न सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।

गाउँघरका अधिकांश नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छैनन् । यसकारण पनि कोरोना सङ्क्रमण सार्न सक्ने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले आग्रह गर्नुभयो ।

नेपालमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या भने घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक महिना अघि देशभरका १३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको थियो । तर हाल ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला ७ मात्रै रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले जनजीवन सामान्य बनेपनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो ।

बितेको २४ घण्टामा देशभर ७ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । गत २४ घन्टामा देशभर १ लाख २७ हजार ५ सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *