Main News

मोतीपुर घटनाबारे जवाफ दिन सरकारसँग प्रतिपक्षी एमालेको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २५ गते १८:४१
मोतीपुर घटनाबारे जवाफ दिन सरकारसँग प्रतिपक्षी एमालेको माग (भिडियो रिपोर्टसहित)

२५ असोज २०७८ काठमाडौं । रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रमा ४ जनाको मृत्यु हुने गरी हिजो भएको घटनासम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग जवाफ मागेको छ ।

राष्ट्रिसभाको आजको बैठकको शुरुमै समय लिएर बोल्दै एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले चाडबाडको मुखमा निहत्थाको हत्या भएको भन्दै सरकारले दशा निम्त्याउने काम गरेको आरोप लगाउनुभयो ।

घटनाको छानबिनका लागि पनि सरकारले पहल नगरेको भन्दै प्रमुख सचेतक भट्टराईले दोषीलाई तत्काल कारवाही गर्न माग गर्नुभयो ।

साथै घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ती दिन सरकारले तदारुकता देखाउनुपर्ने उहाँको भनाइ छ । सुकुम्बासी हुनु कसैको रहर नभई बाध्यता भएकाले जथाभावी धरपकड गर्नुले गृहमन्त्री बालकृष्ण खाँणको नैतिकतामाथि प्रश्न उठेको भट्टराईले बताउनुभयो ।

आफ्नै गृहजिल्लामा घटना हुँदा गृहमन्त्री मौन बसेको भन्दै उहाँलाई पदमा बस्ने नैतिकता नरहेको समेत भट्टराईले बताउनुभयो । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहरा भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच हिजो झडप भएको थियो ।

झडपमा परी ४ जनाको मृत्यु भयो । ५० जनाभन्दा बढी घाइते भएका छन् । जसमधये गम्भिर अवस्थाका ४ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *