Main News

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, ७८५ संक्रमित थपिँदा ८८८ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ असोज २५ गते १६:५९
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, ७८५ संक्रमित थपिँदा ८८८ संक्रमणमुक्त

२५ असोज २०७८ काठमाडौं । नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १२ जनाको मृत्यु भएको छ।

७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ६३ र ४ हजार ९ सय ६२ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टि भएको हो ।

सबैभन्दा धेरै काठमाडौंमा १ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । आज थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा ८ सय ८८ जना भने संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ८७ रहेको छ ।

थप १ लाख २७ हजार ५ सय ३२ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । योसँगै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ६४ लाख ६२ हजार ७ सय ७६ पुगेको छ ।

यस्तै, पहिलो मात्रा खोप लगाउने ३८ दशमलव २ प्रतिशत अर्थात ८३ लाख १७ हजार ९ सय २ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *