Main News

बुटवलको मोतिपुरमा गोली चल्यो, दुई जना घाइते (फोटो फिचरसहित)

हिमालय टिभी
२०७८ असोज २४ गते १५:३५
बुटवलको मोतिपुरमा गोली चल्यो, दुई जना घाइते (फोटो फिचरसहित)

२४ असोज २०७८ बुटवल । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् ।

औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका सर्वसाधारण र सुरक्षाकर्मीबीच झडप हुँदा करिब ३ दर्जन हवाई फायर भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

भीडलाई तितर–वितर पार्न प्रहरीले गोली चलाउँदा २ जना घाइते भएका छन् । अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच भएको भएको थियो ।

अवस्था अहिले पनि तनावपूर्ण रहेको छ । सुरक्षाकर्मीले आज बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहरा भत्काउने काम गरेको थियो ।

सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बाक्लो रुपमा परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति रहेको छ ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले अहिले घटनास्थलमै भएको जानकारी दिनुभयो। उहाँले घटनाका बारेमा पूरा विवरण संकलन हुन अझै बाँकी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *