Main News

विश्वासको मत लिने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको तयारी

हिमालय टिभी
२०७८ असोज २४ गते ७:५९
विश्वासको मत लिने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको तयारी

२४ असोज २०७८ काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजदेखि शुरु हुने प्रदेश सभाको नवौँ अधिवेशनबाट विश्वासको मत लिनु हुने भएको छ ।

शाक्य उपाध्यक्ष रहेको नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

बागमती प्रदेशकी आर्थिक मामिला मन्त्री रचना खड्काका अनुसार आज विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता भए पनि यसको छिनोफानो दसैंपछि मात्र हुनेछ।

संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

एमालेका तर्फबाट एकल बहुमतसहित शाक्य मुख्यमन्त्री बन्नुभएको थियो । वाग्मती प्रदेशमा सभामुखसहित एक सय ९ सांसद छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । तर पाटी विभाजन अघि एमालेका ५६ सांसद रहेकोमा विभाजन भएपछि १३ सांसद एकीकृत समाजवादीमा गएपछि अहिले वागमतीमा एमालेका ४३ सांसद छन् ।

गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् ।

उनीहरुले शाक्यलाई मत नदिने जनाएका छन्। यी दलबाहेक विवेकशील साझा पार्टीको तीन, नेमकिपा दुई, राप्रपा दुई र स्वतन्त्र एक सांसद छन् । शाक्य गएको भदौ दुई गते नेपालकै पहिलो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *