Main News

‘पढदै, कमाउँदै’ कार्यक्रम संचालन गर्ने सरकारको तयारी

हिमालय टिभी
२०७८ असोज २३ गते १९:०५
‘पढदै, कमाउँदै’ कार्यक्रम संचालन गर्ने सरकारको तयारी

२३ असोज २०७८ काठमाडौं । सरकारले ‘पढदै, कमाउँदै’ कार्यक्रम संचालन गर्ने तयारी गरेको छ ।

काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि ‘पढदैः कमाउँदै’ कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले यो अभियानले शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *