Main News

जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

हिमालय टिभी
२०७८ असोज २३ गते १४:३९
जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

२३ असोज २०७८ काठमाडौं । लगानी बोर्डले अरुण तेश्रो जलविद्युत आयोजनाको लगानी बढाउन स्वीकृति दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४८औं बैठकले गरेको निर्णय अनुसार भारतीय कम्पनीले सतलज जलविद्युत निगमले बनाइरहेको अरुण तेश्रोमा अब ६२ अर्ब २६ करोड रुपैयाँ लगानी थप हुनेछ ।

योसँगै अरुण तेश्रोमा सतलजको कुल लगानी १ खर्ब ४४ अर्ब रुपैयाँ हुने छ । प्रशारण लाइनको निर्माण तथा निर्माण सामग्रीमा भएको मुल्यवृद्धि भारतमा बढेको कर लगायतका कारणले सतलजको लगानी बढेको हो ।

यस्तै बैठकले दोलखामा बन्न लागेको ५६ मेगावाट क्षमताको जुमखोला जल विद्युत परियोजनाका लागि साढे १० अर्ब रुपैयाँको लगानी पनि स्वीकृत गरेको छ ।

बैठकले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्त्वमा एक उच्च(स्तरीय अध्ययन समिति गठन गरेको छ ।

भारतीय कम्पनी जीएमआरले बनाइरहेको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको काममा सोचे अनुसार प्रगित भएको छैन ।

बैठकले चालु आर्थिक वर्षको बोर्डको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजनाको शेयर खरिद विक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *