Main News

सरकारले भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप आज नेपाल आउँदै

हिमालय टिभी
२०७८ असोज २३ गते ८:४५
सरकारले भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप आज नेपाल आउँदै

२३ असोज २०७८ काठमाडौं । सरकारले भारत सरकारबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप आज नेपाल ल्याइने भएको छ ।

सरकारले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आज नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँले आज दिउँसो २ बजे भारतबाट खरिद गरिएको खोपको १० लाख मात्रा काठमाडौं आइपुग्ने बताउनुभयो । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइनेछ ।

सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो ।

भारत सरकारले खोप निर्यातमा रोक लगाएपछि सरकारले खरिद गरेको खोप नेपाल आउन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *