Main News

खोप कार्डमा क्युआर कोड : विदेश जानेलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २२ गते १७:००
खोप कार्डमा क्युआर कोड : विदेश जानेलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

२२ असोज २०७८ काठमाडौं । विभिन्न देशले कोरोनाविरुद्धको खोप कार्डमा क्युआर कोड अनिवार्य गरेसँगै नेपाल सरकारले पनि क्युआर कोडको व्यवस्था गरेको छ । तर क्युआर कोड कै कारण कामका लागि विदेश जाने युवाहरुले भने सास्ती खेप्नु परिरहेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखामा केही महिनादेखि क्युआर कोड भएको खोप कार्ड लिनका लागि विदेश जाने युवाको यस्तो भिड देखिने गरेको छ । विभिन्न देशले आफ्नो देशमा आउन मानिसले अनिवार्य खोप लगाएको र क्यु आर कोडसहितको प्रमाणपत्र अनिवार्य गरेका छन् । त्यसैले विदेश जाने युवाहरु क्युआर कोडको लागि लाइन बस्न महाशाखामा पुग्ने गर्छन् ।

खोप कार्डमा क्यूआर कोड नभए, विदेश जान पाइन्न । तर क्युआर कोड वितरण गरिरहेको सरकारले कहिल्यै क्यूआर कोड वितरणलाई व्यवस्थित बनाउन सकेन । जसले गर्दा युवाहरु विदेश जानै रोकिने हो कि भन्ने चिन्तामा छन् ।

अधिकांश देशहरुले क्युआर कोड अनिवार्य गरेका छन् । क्युआर कोडसहितको कार्ड नदिएमा आफ्ना नागरिकले सम्बन्धित देशमा प्रवेश नपाउने जानकारी नेपाल सरकारलाई पनि छ ।

सरकारले सम्बन्धित जिल्लाबाटै क्युआर कोडसहितको प्रमाण पत्र दिने भनेको थियो । तर जिल्लाबाट मात्र हैन । राजधानी काठमाडौंबाटै पनि सरकारले क्युआर कोड भएको कार्ड दिन सकेको छैन । सरकारको यो लापर्बाही देख्दा युवाहरु आजित छन् ।

खोप लगाएका युवाहरु महिनौं क्यूआर कोडकै लागि धाउनुपर्ने बाध्यता छ । तर, सम्बन्धित निकाय भने यो बेखबर बनेर बसेको छ । जुन सरकारको गैरजिम्मेवारी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *