Main News

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, ७६४ संक्रमित थपिँदा १०३३ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ असोज २२ गते १६:४४
कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, ७६४ संक्रमित थपिँदा १०३३ संक्रमणमुक्त

२२ असोज २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ भने ७ सय ६४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १० जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २ सय १० पुगेको छ ।

यस्तै नेपालमा थप ७ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो पटक सबैभन्दा धेरै काठमाडौंमा २ सय २९ सहित उपत्यकाका ३ जिल्लामा ३ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मोरङमा ७२, रुपन्देहीमा ६७ र सुनसरीमा थप ५० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ६ सय १४ जना सक्रिय सक्रमित छन् ।

जसमध्ये ३ सय १३ जनाको आईसीयूमा र १ सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा थप ४३ हजार ९ सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हालसम्म नेपालमा कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ८० लाख ४१ हजार ५ सय ९४ पुगेको छ । दुवै डोज खोप प्राप्त गर्नेको संख्या ६४ लाख ४१ हजार ६ सय ३२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *