Main News

आज देशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ असोज २१ गते ८:५६
आज देशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२१ असोज २०७८ काठमाडौं । आज देशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।

भारतको पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *