Main News
मोटरसाइकल दुर्घटना हुँदा काठमाडौँमा एक जनाको मृत्यु
२०७८ असोज २१ गते ८:५५
२१ असोज २०७८ काठमाडौं । काठमाडौँको जडिबुटीमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार व्यक्ति घाइते भएका छन् ।
गएराति काठमाडौँ महानगरपालिका ३२ मा बा ८० प ६३३७ नम्बरको मोटलसाइल दुर्घटना हुँदा दोलखाका ३३ वर्षका शिवकुमार फुयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उहाँको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा राति नै मृत्यु भएको हो । दुर्घटनामा परेर घाइते भएका दोलखाका ५२ वर्षका काशीनाथ बजगाईको ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।
अनियन्त्रित भएर बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएको प्रहरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया