Main News
दशैं शुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्यो
२०७८ असोज २१ गते ८:५३

२१ असोज २०७८ काठमाडौं । दशैं शुरु भएसँगै काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या बढेको छ ।
हिजो ४२ हजार ४ सय ६० जना काठमाडौं बाहिर गएकोमा गत २४ घण्टामा यो सङ्ख्या बढेको छ । गत २४ घण्टामा ४८ हजार ९ सय ८१ जना काठमाडौं बाहिर गएको प्रहरीले जानकारी दिएको छ ।
दशैंका लागि गृह जिल्ला जानेको सङ्ख्या बढेकाले यो सङ्ख्या अझै बढ्दै जानेछ । यस्तै गत २४ घण्टामा काठमाडौंँ भित्रनेको सङ्ख्या पनि बढेको छ ।
गत २४ घण्टामा ४१ हजार ३९ जना काठमाडौँ भित्रिएका छन् । हिजो ३६ हजार ६ सय ६५ जना काठमाडौं आएका थिए ।
प्रतिक्रिया