Main News

न्यूरोडका पाँच वटा पसलमाथि वाणिज्य विभागको कारबाही

हिमालय टिभी
२०७८ असोज २० गते १८:३५
न्यूरोडका पाँच वटा पसलमाथि वाणिज्य विभागको कारबाही

२० असोज २०७८ काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसललाई कारबाही गरेको छ ।

कारबाहीमा परेका तीन वटा पसलले दर्ता नै नगरी पसल सञ्चालन गरेको पाइएपछि विभागले जरिवानासहित कारवाही गरेको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताउनुभयो ।

निरीक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेका दुई वटा पसलमा भने मुख्य व्यापारी नै पसलमा नभएकाले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताउनुभयो ।

सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ ।

चाडपर्वलाई लक्षित गरी व्यापारीले ग्राहकलाई नठगुन् र विक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न पनि प्रत्येक दिन जसो अनुगमन गरिरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *