Main News

कोशी कोरिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको पहिलो प्याकेज निर्माण पूरा

हिमालय टिभी
२०७८ असोज २० गते १७:५२
कोशी कोरिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको पहिलो प्याकेज निर्माण पूरा

२० असोज २०७८ धनकुटा । कोशी करिडोरअन्तरगतको २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण पूरा भएको छ ।

पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २ सय २० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ तार तान्ने काम पूरा भएको हो ।

नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैंकले धनकुटामा संयुक्त कार्यक्रम गर्दै पहिलो प्याकेज अन्तर्गतको प्रसारण लाइन निर्माण पूरा भएको घोषणा गरेका हुन् । यो प्याकेजको अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर छ ।

भारतको एक्जिम बैंकले दिएको सहुलियतपूर्ण ऋण सहयोगमा आयोजना निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर ऋण प्रवाह भएको छ ।

कोसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १ हजार मेगावाट, ताप्लेजुङको ढुंगेसााघुदेखि बसन्तपुरसम्म करिब १ हजार मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब २ हजार मेगावाट विद्युत प्रसारण गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रसारण आयोजना तीन वटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा–तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीन वटा सबस्टेसन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरको ताप्लेजुङको ढुंगेसााघुसम्म प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *