Main News

चाडबाडको मुखमा मात्र बजार अनुगमन, उपभोक्ता भन्छन्–नाटक मात्र हो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १९ गते २०:५४
चाडबाडको मुखमा मात्र बजार अनुगमन, उपभोक्ता भन्छन्–नाटक मात्र हो (भिडियो रिपोर्टसहित)

१९ असोज २०७८ काठमाडौं । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व नजिकिएसँगै बजार अनुगमन तिव्र पारेको छ । तर उपभोक्ता र उपभोक्ता अधिकारकर्मीले भने चाडपर्व मात्र हैन अरु बेलामा पनि बजार अनुगमन गर्न माग गर्दै आएका छन् ।

यो काठमाडौंको व्यस्त बजार न्युरोड नजिकैको एउटा पसलको दृश्य । यहाँ बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले जुत्ता पसलमा अनुगमन गरिरहेको छ ।

अनि यो काठमाडौंको मिठाई पसलको दृश्य । यहाँ विभागको अर्को टोलीले अनुगमन गरिरहेको छ ।

हिजोआज काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा अनुगमनका यस्ता दृश्य देखिने गरेका छन् । वर्षभरी नै व्यापार व्यवसाय सञ्चालन हुने गरे पनि चाडपर्व नजिकिएसँगै विभागले हरेक वर्ष अनुगमन गर्ने गरेको छ । र उसले यसपाली पनि त्यसलाई निरन्तरता दिएको छ । पछिल्ला दिनमा विभागका ५ वटा टोलीले बजार अनुमगन तिब्र पारेका छन् । तर उपभोक्ताले भने यो अनुगमनलाई विभागको देखाउने दाँत मात्र भनेका छन् ।

उपभोक्ता अधिकारीकर्मी त चाड पर्व नजिकिएसँगै अनुगमनलाई नाटक भन्छन् ।

व्यापारीले चाडपर्वमा मात्र हैन अरू बेलामा पनि महँगोमा सामान बेच्छन् । जसले गर्दा उपभोक्ता ठगिन्छन् । त्यसैले उनीहरु चाडपर्व नजिँकिँदा मात्र हैन सधैंभरी नियमित रुपमा अनुगमन गर्नु पर्ने बताउँछन् ।

तर विभाग भने चाडपर्वमा मात्र अनुगमन हुने गरेको मान्न तयार छैन । वर्षभरी नै अनुगमनको काम हुने भन्दै विभागले गत आर्थिक वर्षमा २ करोड ३९ लाख ८२ हजार रुपैयाँ जरिवाना गरेको छ ।

स्थानीय तह र वडा तहमा पनि कुनै पनि सामान किन्दा ठगिएको भए उजुरी गर्न सक्ने व्यवस्था छ । तर आफु ठगिएको भनेर क्रेताले पनि उजुरी गर्ने चलन नागरिकहरुमा बनिसकेको छैन । त्यसैले सधैंभरी व्यापारीको मनोमानी हुने गरेको छ । यसलाई रोक्न सरकारले कडाइ गर्नुका साथै उपभोक्ता आफैं सचेत हुन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *