Main News

नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको राजदूत यान्छीको दाबी

हिमालय टिभी
२०७८ असोज १९ गते १८:३७
नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको राजदूत यान्छीको दाबी

१९ असोज २०७८ काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशबीचको सीमा विवादमुक्त रहेको बताएकी छन् ।

नेपाल र चीनबीच सीमा सन्धि भएको ६० वर्ष पुगेको अवसरमा आज ट्वीट गर्दै राजदूत होउले नेपालसँग चीनको सीमा विवादमुक्त रहेको दोहोर्‍याएकी हुन् ।

सरकारले चीनसँगको सीमा विवादबारे अध्ययन गर्न गठन गरेको समितिले प्रतिवेदन बुझाएको हप्ता दिनपछि नै चिनियाँ राजदूतले दुई मुलुकबीच सीमा विवाद नरहेको बताएकी हुन् ।

समितिले प्रतिवदेन बुझाएलगत्तै गृह मन्त्रालयले सीमा मुद्दा सल्ट्याउन आग्रह गर्दै परराष्ट्रलाई पत्राचार गरेको थियो । चिनियाँ राजदूत होउले ट्वीटमा मित्रवत् छलफलपछि ६० वर्षअघि चीन र नेपालले सीमा सन्धिमा हस्ताक्षर गरे त्यसयता कुनै पनि विवादबाट सीमा मुक्त रहेको उल्लेख छ ।

राजदूत होउले मित्रताको बन्धन तथा आपसी फाइदा हुने सहकार्यको सेतु बनेको उल्लेख छ ।

गत वर्ष हुम्लाका कांग्रेस सांसद जीवनबहादुर शाहीले हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा चीनसँग विवाद रहेको दाबी गरेपनि तत्कालीन के पी शर्मा ओली नेतृत्वको सरकारले चीनसंग कुनै विवाद नरहेको स्पष्ट पारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *