Main News

एमालेको अवरोधसँगै प्रतिनिधिसभा बैठक असोज २२ गतेसम्का लागि स्थगित

हिमालय टिभी
२०७८ असोज १९ गते १३:३५
एमालेको अवरोधसँगै प्रतिनिधिसभा बैठक असोज २२ गतेसम्का लागि स्थगित

१९ असोज २०७८ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ ।

एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।

आजको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो । एमाले सांसदहरुको विरोधका बिच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६÷७७ प्रतिनिधिसभामा पेश गर्नुभयो ।

एमाले सांसदहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन, संसदीय सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, यथास्थितिमा संसद चल्दैन, गैरसांसदलाई प्रवेश निषेध गर, पदीय मर्यादा कायम गरलगायतका नारा लगाएका थिए ।

प्रतिनिधिसभाको आगामी बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *