Main News

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमालेको अवरोध जारी रहने

हिमालय टिभी
२०७८ असोज १९ गते ९:००
प्रतिनिधिसभाको बैठक आज बस्दै, एमालेको अवरोध जारी रहने

१९ असोज २०७८ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

तर आजको बैठक पनि अवरोध गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ । गतभदौ २३ गतेदेखि शुरु भएको संसदको नवौँ अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।

पार्टीले कारबाही गरेका १४ सांसदको सूची सार्वजनिक नगरेर एमाले विभाजनमा सभामुखले संलग्नता देखाएको आरोप लगाउँदै एमालेले सदनमा अवरोध गर्दै आएको हो ।

सरकार विपक्षीलाई पेलेरै अघि बढ्ने स्थितिमा देखिएको छ भने विपक्षी दल आफ्नो मागको सुनुवाइ नभएसम्म बैठक चल्न नदिने अडानमा छ । एमालेको अवरोधकैबीच बजेट समेत पास भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *