Main News

सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा महानगरपालिकाको कार्यालयमा तोडफोड

हिमालय टिभी
२०७८ असोज १८ गते १९:०४
सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा महानगरपालिकाको कार्यालयमा तोडफोड

१८ असोज २०७८ धनुषा । चरम आर्थिक अनियमितता भएको आरोपमा सिके राउत नेतृत्वको जनमत पार्टी नेपालका समर्थकले जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेको छ ।

स्थानीय र प्रदेश सरकारमा भ्रष्टाचार मौलाएको भन्दै बिरोध प्रदर्शनमा उत्रिएका पार्टीका नेता कार्यकर्ताताले प्रदर्शनकारीले उपमहानगरपालिकामा प्रवेश गरेर न्यायिक समितिमा तोडफोड गर्नुका साथै मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

लगत्तै यो समूहले जनकपुरधामस्थित प्रदेश २ को मुख्यमन्त्री कार्यालय घेराउ गरेर भ्रष्टाचारमा संलग्नमाथि कारवाहीको माग गरेको छ ।

त्यसअघि उनीहरुले खानेपानी मन्त्रालय परिसरमा पनि विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *