कोरोना संक्रमणबाट थप दश जनाको मृत्यु, १०३० संक्रमित थपिँदा १ हजार संक्रमणमुक्त
१८ असोज २०७८ काठमाडौं । नेपालमा थप एक हजार ३० जनामा कोराना संक्रमण पुष्टि भएको छ भने थप १० जनाको मृत्यु भएको छ ।
पाँच हजार ८ सय ९३ जनाको पीसीआर परीक्षणमा ८ सय १२ र ४ हजार ९ सय ८१ एन्टीजेन परीक्षणमा दुई सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो कूल परीक्षणको ९ दशमलब चार सात प्रतिशत हो । पछिल्लो पटक पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा २ सय ६६, ललितपुरमा ६२ र भक्तपुरमा ३८ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो पटक एक हजार जना संक्रमणमुक्त भएका छन । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ म झरेको छ । ३ सय ५१ जनाको आइसीयू र एक सय १८ जनाको भेन्टलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो पटक संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यो संंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ७४ पुगेको छ । पछिल्लो पटक १ लाख २० हजार ५ सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
प्रतिक्रिया