Main News
आज देशभर आंशिकदेखि सामान्य बदली रहने
२०७८ असोज १८ गते ९:०५
१८ असोज २०७८ काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश २ बाहेक सबै प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
भोलि र पर्सि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया