Main News

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

हिमालय टिभी
२०७८ असोज १८ गते ८:५५
राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

१८ असोज २०७८ काठमाडौं । आज बस्ने राष्ट्रिय सभाको बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयकहरू पेश हुनेभएका छन् ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार बैठकमा महालेखा परीक्षकको प्रतिवेदन, केही नयाँ विधेयक पेश गर्ने सम्भावित कार्यसूची बनाइएको छ ।

बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेजसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७८ सभामा पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी भएको छ ।

‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागिसमितिमा पठाउन पनि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *