Main News

ओलीले गरे पार्टीको दशौं महाधिवेशनमा अध्यक्षामा उम्मेदवारी घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १७ गते १९:२४
ओलीले गरे पार्टीको दशौं महाधिवेशनमा अध्यक्षामा उम्मेदवारी घोषणा (भिडियो रिपोर्टसहित)

१७ असोज २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुने औपचारिक घोषणा गर्नुभएको छ ।

विधान महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई बहुमतमा पुर्‍याएर कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छाड्ने बताउनुभयो ।

एमाले विभाजन गरी अर्को पार्टी गठन गरेका नेता माधवकुमार नेपाल गाईको पुच्छर समातेर वैतरणी पुगेको र अहिले अर्कै पुच्छर समातेर वैतरणी तरेको बताउनुभयो ।

ओलीले पार्टीमा बिग्रेका मानिस छाडेर गएका जिकिर गर्दै सप्रिएका मानिसहरु भने अहिले पार्टीमै रहेको दाबी गर्नुभयो । विधान महाधिवेशनस्थलमा आफूलाई देवत्वकरण गरिएको भन्दै भइरहेको आलोचनाको पनि अध्यक्ष ओलीले जवाफ दिँदै त्यसलाई आफूहरुमाथिको हमलाको रुपमा अर्थ्याउनु भएको छ ।

उहाँले केही मानिसहरुले आफूलाई बाँचेको देख्न नचाहेको टिप्पणी गर्नुभयो । ओलीले आफू बाँचेको देखेर केही मान्छेहरु चिन्तित हुने गरेको बताउनुभयो ।

ओलीले अब हुने तीनवटै तहका निर्वाचनमा पार्टीले जसरी पनि जित्नैपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन निर्देशन पनि दिनुभयो । ओलीले पार्टीलाई सत्ताच्यत गर्न भूमिका खेलेका सबैलाई शत्रुको संज्ञासमेत दिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *