Main News

आज प्रदेश १ र २ का थोरै ठाउँमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ असोज १७ गते ९:००
आज प्रदेश १ र २ का थोरै ठाउँमा भारी वर्षाको सम्भावना

१७ असोज २०७८ काठमाडौं । आज प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

नेपाल नजिकै बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ र २ काथोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासी जानकारी दिनुभयो ।

उहाँकाअनुसार यो प्रणालीको असर भोलिदेखि कम हुँदै जानेछ । यसकै प्रभावले गएराति पनि प्रदेश १, २ र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा भएको उहाँले जानकारी दिनुभयो ।

गत १२ घण्टामा झापामा १६८ मिलिमिटर र धनुषामा १२४ मिलिमिटर पानी परेको छ । यस्तै सर्लाही, सिन्धुली र मकवानपुरमापनिभारी वर्षा भएको छ । आज राति पनि प्रदेश १ र २ का थोरै ठाउँमा भारी वर्षा हुँदा देशका अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् बासीको भनाइ छ ।

यसैबीच यो वर्षको मनसुन बाहिरिन अझै केहीदिन लाग्ने देखिएको छ । मौसमविद् मन्जु बासीकाअनुसार भारतमा मनसुन बाहिरिएको पाँचदेखि सातदिनभित्र नेपालबाट मनसुन बाहिरिन्छ । तर अझै पनि भारतमा मनसुन नसकिएकाले नेपालमा अझै केहीदिन रहने देखिएको उहाँको भनाइ छ ।

अघिल्ला वर्षहरुमा जुन १० तारिखमा नेपाल प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिन्थ्यो । तर यो वर्षदेखि जुन १३ मा नेपाल प्रवेश गर्ने मनसुन अक्टोबर २ मा नेपालबाट बाहिरिने आँकलन गरिएको भए पनि अझै केहीदिन लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *