Main News
कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड ४० लाख नाघ्यो
२०७८ असोज १७ गते ८:०४

१७ असोज २०७८ काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख नाघेको छ ।
हिजो एकै दिन ८३ हजार तीन सय ७३ मात्रा खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख ४२ हजार आठ सय ८८ जना पुगेको हो ।
उनीहरुमध्ये ६३ लाख ४८ हजार दुई सय ७९ जनाले पूर्ण मात्रा र ७६ लाख ९४ हजार ६ सय नौ जनाले एक मात्रा खोप लगाएका छन् ।
प्रतिक्रिया