Main News

पालिकाहरुबीच नगरगान सिर्जना गर्ने होड, विकास निर्माणका काममा प्रभावित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १६ गते २०:२०
पालिकाहरुबीच नगरगान सिर्जना गर्ने होड, विकास निर्माणका काममा प्रभावित (भिडियो रिपोर्टसहित)

१६ असोज २०७८ काठमाडौं । पछिल्लो समय महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुले पालिका गान सिर्जना गर्न थालेका छन्।नगरपालिकाको पहिचान झल्कने खालका नगरगान सिर्जना गर्ने होडले नगरपालिकाका अन्न्य विकास निर्माणका काममा भने प्रभाव पर्न नहुने जानकारहरु बताउँछन् ।

मुलुक संघीयतामा गइसकेपछि गठित ७६१ सरकारका विभिन्न झाँकी विभिन्न समयमा देख्न पाइन्छन् । आफूलाई अरुभन्दा अलग देखाउन र स्वायत्तताको अभ्यास गर्न पनि विभिन्न अनौठा काम गर्न स्थानीय सरकार उद्यत छन् । यसै मेसोमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले पालिका गान बनाउने भएको छ।

नगरपालिकाले उत्कृष्ट पालिका गान रचना गर्नेलाई नगद एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेर सूचना प्रकाशित गरेको छ । नगरपालिकाको पहिचान झल्किने गरी ४० देखि ७५ शब्दसम्मको पालिका गान तयार गर्न सूचना जारी गर्दै १५ दिनभित्र खामबन्द गरी वा कार्यालयको इमेलमा समेत पठाउन भनेको छ । साथै नगरपालिकाले प्राप्त गानमध्ये उत्कृष्टलाई पुरस्कार दिइने बताएको छ ।

नगरको विषय विज्ञ समितिले प्राप्त गानलाई छनौट गर्ने र आवश्यक परे परिमार्जन पनि गर्न सकिने नगर प्रमुख थापाको भनाइ छ ।

संघीयताका जानकार खिमलाल देवकोटा भने स्थानीय तहले विकासको रोडम्याप बनाउँदा आफ्नो नीतिनियमका साथै प्रदेश र संघसँगको समन्वय र सहकार्यमा सेक्टरल प्लान बनाएर यस्ता गान बनाउनुपर्ने बताउनुहुन्छ ।

काठमाडौं महानगरपालिकाले पनि आफ्नै पालिका गान बनाएको छ । तारकेश्वर लगायत अन्य नगरपालिकाले पनि आफ्नो पालिका गान तयार गरिसकेका छन् ।

राष्ट्रिय गानपछि बजाउने गरी बनाएका गानको अनिवार्यता र औचित्य कसैले पुष्टि गर्न सकेका छैन । हरेक पालिका र प्रदेश समेतले छुट्टै गान बनाउने हो राष्ट्रिय ढुकुटीबाट अर्बौ खर्च हुने निश्चित छ।

भलै स्थानीय ठाउँको पहिचानकालागि पालिका गान सकारात्मक होला, तर आजको प्राथमिकता खोप कि गीत रु सडकको खाडल नपुरेर छोराछोरी ढलमा बगेका बाबुआमाको रोदनमा पालिका गानले हाँसो ल्याउन सक्छ रु कम्तिमा प्राथमिकता निर्धारण गरेर काम गर्न नसक्ने स्थानीय सरकारका प्रमुखले मनोहरा खोला मिचिएको र बाढी पसेको स्थानमा पालिका गान बजाउने कि तत्काल समस्या समाधान गर्ने । चासो गान बनाइयो भन्नेमा होइन, चासो बेमौसममा बेतालको बाजा बजाउने मतिको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *