Main News

न्यून चापीय रेखाको प्रभावका कारण देशभर मौसम बदली रहने

हिमालय टिभी
२०७८ असोज १६ गते ९:३२
न्यून चापीय रेखाको प्रभावका कारण देशभर मौसम बदली रहने

१६ असोज २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसममा आंशिक बदली रहने बताएको छ ।

अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेका कारण देशभरको मौसम बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ भने बागमती, गण्डकी, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ। महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रहने भएकाले उक्त स्थानहरुका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *