Main News

एमालेको विधान महाधिवेशनको ‘व्यवस्थापन’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १५ गते २०:५२
एमालेको विधान महाधिवेशनको ‘व्यवस्थापन’ (भिडियो रिपोर्टसहित)

१५ असोज २०७८ काठमाडौं । विगतमा अधिकांश राष्ट्रियस्तरका सभा सम्मेलन शहरभित्रै केन्द्रित हुने गरेका थिए । तर एमालेले आफ्नो पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीमा गरेको छ ।

काठमाडौको कोलाहलबाट टाढा हुनुका साथै कार्यक्रमस्थलको क्षेत्रफल समेत ठुलो हुँदा प्रतिनिधि बस्ने हलदेखि खाना खाने स्थल समेत व्यवस्थित देखियो ।

नेपालको सबैभन्दा ठुलो सम्मेलन केन्द्रको रुपमा रहेको नवनिर्मित सनसाइज सम्मेलन केन्द्र एमालेमय नै बन्यो ।

इतिहासमै पहिलो पटक नेकपा एमालले गरेको विधान महाधिवेशनमा सहभागी हुन आएका ६ हजार भन्दा बढी प्रतिनिधिका साथै हजारै नेता कार्यकर्ताको सहभागी हुँदा समेत कार्यक्रम व्यवस्थित देखियो ।
यो हलको क्षमता र यस वरपरको खुल्ला ठाउँले नै सम्मेलन व्यवस्थित देखियो । देशभरबाट आएका प्रतिनिधिलाई व्यवस्थित गर्न सयौँ स्वयम सेवक खटाइएको थियो ।

प्रतिनिधिहरुको संख्या बढी भएको पनि सम्मेलन सभा हलदेखि कार्यक्रमस्थल वरपर धेरै क्षेत्रफल भएकाले पनि कार्यक्रम व्यवस्थित बनेको थियो देशभरबाट आएका प्रतिनिधिहरुलाई कार्यक्रम स्थलमा खाना खाजाको व्यवस्था गरिएको थियो ।

यसरी वरपरको मनोरम र हरियाली स्थल समेत भएकाले काठमाडौंमा हुने सभा सम्मेलन न्दा त्यस स्थानको महोल समेत शान्त नै देखिन्थ्यो । महाधिवेशनमा आएका प्रतिनिधिहरु पार्टीले गरेको व्यवस्थापनमा खुसी देखिएका थिए ।

यसरी काठमाडौंको सानो स्थानमा हजारौं मानिसको आगमनका कारण अस्तव्यस्त हुने गरेको भएपनि यसरी काठमाडौंबाट करिब २० किलोमिटर टाढा रहेको स्थलमा कार्यक्रम हुँदा पार्किङदेखि व्यवस्थापनका लागि समेत सहज देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *