Main News

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १०६६ संक्रमित थपिँदा ९३८ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ असोज १५ गते १७:०४
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १०६६ संक्रमित थपिँदा ९३८ संक्रमणमुक्त

१५ असोज २०७८ काठमाडौं । नेपालमा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १३ जनाको मृत्यु भएको छ।

पछिल्लो पटक १० हजार १ सय १३ जनाको पीसीआर परीक्षणमा ८ सय ९८ र ३ हजार २ सय ५५ जनाको एन्टीजेन परीक्षणमा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो कूल परीक्षणको ७ दशमलव नौ सात प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ३ सय ५९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । जसमध्ये काठमाडौंमा २ सय ६६, ललितपुरमा ६२ र भक्तपुरमा ३१ संक्रमित थपिएका छन ।

उपत्यका बाहिर सबैभन्दा धेरै कास्कीमा ८४ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ । यस्तै ९ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

देशभर अहिले सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १५ मा झरेको छ । थप २ लाख १७ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हालसम्म ७६ लाख ३१ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज र ६३ लाख २८ हजारभन्दा बढीले खोपको दुवै मात्रा लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *