Main News
न्यून चापीय क्षेत्रको सामान्य प्रभाव, देशभर आंशिकदेखि सामान्य बदली हुने
२०७८ असोज १५ गते ९:२४
१५ असोज २०७८ काठमाडौं । भारतको झारखण्ड र आसपासमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा पनि परेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर समान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । भोलि र पर्सि पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया