Main News

डब्लुएचओले अब कोभिडसम्बन्धी जानकारी नेपाली भाषामा उपलव्ध गराउने

हिमालय टिभी
२०७८ असोज १५ गते ९:२०
डब्लुएचओले अब कोभिडसम्बन्धी जानकारी नेपाली भाषामा उपलव्ध गराउने

१५ असोज २०७८ काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोभिड १९ सम्बन्धी जानकारी अब नेपाली भाषामा उपलब्ध गराउने भएको छ ।

डब्लुएचओले साइन्स इनफाइभ कार्यक्रममार्फत पोडकाष्टबाट कोभिड–१९ सम्बन्धी जानकारी गराउने भएको हो । आजदेखि हरेक शुक्रबार दृश्य र श्रव्यमा कोभिड १९ को जानकारी गराउने छ ।

कोभिड १९ सम्बन्धी अफवाह र गलत समाचार फैलिन थालेपछि डब्लुएचओले इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी यो पोडकाष्ट थालेको हो । यसले अफवाहलाई चिर्न र सत्य सूचनामा मात्रै विश्वास गर्न सहयोग मिल्ने बताइएको छ ।

पोडकाष्टका नयाँ अङ्क प्रत्येक शुक्रबार साउण्ड क्लाउडमा विज्ञान च्यानलमार्फत प्रसारण गरिनेछन् ।

आजदेखि प्रसारण गरिने पोडकाष्टको पहिलो अङ्कमा डब्लुएचओकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा ओज्गे टुनचाल्पले कोभिड–१९ महामारीका समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *