Main News

सुरक्षा जाँचका नाममा रकम असुली गर्ने १७ जना प्रहरीमाथि कारबाही (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १४ गते २०:३२
सुरक्षा जाँचका नाममा रकम असुली गर्ने १७ जना प्रहरीमाथि कारबाही (भिडियो रिपोर्टसहित)

१४ असोज २०७८ बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको जमुनाहा नाकामा सुरक्षाजाँचका नाममा रकम असुली गर्ने १७ जना प्रहरीलाई कारबाही गरेको छ ।

अनुगमनका क्रममा सीमा नाकामा खटिएका प्रहरीले रकम असुल गरेको भेटिएपछि उनीहरुलाई जिल्ला कार्यालयमा तानेर नयाँ टोलीलाई जमुनाहा नाकामा खटाइएको हो ।

रोजगारीका लागि भारत पुगेकाहरु दशैंका लागि घर फर्कने क्रम बढ्दै गएको छ । उनीहरुसँग प्रहरीले रकम असुल गरेको गुनासो बढेपछि प्रहरीले कारवाही गरेको हो ।

पछिल्ला दिनमा भारतबाट दैनिक २ हजार हाराहारीमा नेपाली चाडपर्व मनाउन घर फर्किरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *