Main News
आज देशका विभिन्न स्थानमा पानी पर्ने मौसमविद्को पूर्वानुमान
२०७८ असोज १४ गते ९:२१
१४ असोज २०७८ काठमाडौं । आज देशका विभिन्न स्थानमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रतिक्रिया