Main News

कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु, ११५७ संक्रमित थपिए

हिमालय टिभी
२०७८ असोज १३ गते १७:१५
कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु, ११५७ संक्रमित थपिए

१३ असोज २०७८ काठमाडौं । नेपालमा थप १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ भने थप आठ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सयको ५२ पीसीआर परीक्षणमा ८ सय ९२ र ३ हजार ८ सय ८९ एन्टीजेन परीक्षणमा २ सय ६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो कूल परीक्षणको ७ दशमलब ९५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ३ सय ८३ जना छन् । जसमध्ये काठमाडौंमा २ सय ६५, ललितपुरमा ४२ र भक्तपुरमा २८ जनामा संक्रमण देखिएको छ ।

उपत्यका बाहिर सबैभन्दा धेरै मोरङमा ७८ जनामा संक्रमण देखिएको छ । यस्तै झापामा ७६, रुपन्देहीमा ५४, सुनसरीमा ४१, कास्कीमा ३८ जनामा संक्रमण देखिएको छ । पछिल्लो पटक कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय २३ पुगेको छ ।

यस्तै थप ११ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ९३ रहेको छ । थप २ लाख ८६ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हालसम्म ७२ लाख १४ हजार बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज र ६२ लाख ३८ हजार बढीले खोपको दुवै मात्रा लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *